आलियाको फिल्ममा हुमाको आइटम

मुम्बई : सञ्जयलीला भन्सालीको फिल्ममा एक्स्ट्रामै किन नहोस् कलाकार देखिन रुचाउँछन् । अझ गीत वा दृश्य छ भने त झन् नाइँ भन्ने कुरै भएन । अरु त अरु भन्सालीको फिल्ममा प्रियंका चोपडाले पनि खुशी खुशी आइटम गरेकी थिइन् । सन् २०१३ मा रिलिज भएको ‘रामलीला’मा प्रियंकाले एउटा गीतमा नृत्य गरेकी थिइन् । भलै त्यो पछि उनले भन्साली कै ‘बाजीराव मस्तानी’मा काम गरिन् ।
भोलि हुमा कुरेसीले भन्सालीको फिल्म खेल्ने मौका पाउँछिन् कि पाउन्नन् थाहा छैन तर उनले भन्सालीको नयाँ फिल्ममा आइटम गर्ने भएकी छिन् । भर्खरै सुटिङ सकिएको फिल्म ‘गंगुबाइ कठैयाबडी’मा हुमाले आइटम गर्ने खबर छ । फिल्मको शीर्ष भूमिका आलिया भट्टले निर्वाह गरेकी छिन् ।
रेडलाइट एरियाबाट निस्केर गैंगस्टर बन्ने सत्य घटनामा आधारित फिल्ममा हुमाले मुजरा नभइ आइटम गीत नै गर्न लागेको मुम्बईमा अनलाइनमा समाचार छन् । हुमाले पहिलोपल्ट आइटम गीतमा नृत्य गर्न लागेकी हुन् । ‘गैंग्स अफ वासेपुर’बाट चर्चामा आएकी हुमाले भर्खरै लन्डनमा ‘बेल बटम’को सुटिङ सकाएकी थिइन् ।
तर गुंगुबाईको छोराले भने फिल्मको प्रदर्शन रोक्ने माग गर्दै भर्खरै भन्साली, आलिया र लेखकविरुध्द मुद्दा दायर गरेका छन् । यही मंगलबार उनले हालेको मुद्दाको पेशी रहेको छ । छोराले पुस्तकका लेखक जेन बोर्गासको विरुध्दमा पनि मुद्दा हालेका छन् । फिल्म ‘माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेर बनाइएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया