बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

अनलाईन ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ- अनलाईन ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

फैसलले पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते ५० हजार २ सय रुपैयाँ रकम आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि.मा रहेको शेष फैजलको नामको खातामा रकमान्तर गरेर ठगी गरेका थिए 

ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।