पूर्वराजाप्रति थापाले दिएको अभिव्यक्ति रोचक र मार्मिक लाग्यो : बाबुराम

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति दिएको अभिव्यक्तिलाई पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रोचक र मार्मिक लागेको बताएका छन् । आइतबार बिहान ट्वीट गर्दै थापाले पूर्वराजा शाहप्रति दिएको अभिव्यक्तिलाई भट्टराईले रोचक र मार्मिक लागेको बताएका हुन् ।
'मेरा सहपाठी मित्र कमल थापाको यो अभिव्यक्ति रोचक र मार्मिक लाग्यो !' भट्टराईले ट्वीट गरेका छन् ।
मेरा सहपाठी मित्र @KTnepal को यो अभिव्यक्ति रोचक र मार्मिक लाग्यो! pic.twitter.com/d3PfQHWnoh
— Baburam Bhattarai (@brb1954) December 5, 2021
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापा पूर्व राजामाथि खनिएका थिए । थापाले निर्मल निवासको हस्तक्षेपको भ्रत्सनासमेत गरेका थिए ।
'पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,' थापाले भनेका छन्, 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना ।'
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
— Kamal Thapa (@KTnepal) December 5, 2021
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया