सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

प्राधिकरणले सार्वजनिक गर्‍यो 'आइओटी' र 'मेसिन टू मेसिन' नियमनको मस्यौदा

काठमाडौँ - नेपाल दुरसञ्‍चार प्राधिकरणले इन्टरनेट अफ थिङ्स् (आइओटी) र मेसिन टू मेसिन (एमटूएम) नियमनका लागि फ्रेमवर्कको मस्यौदा सार्वजनिक गरेको छ। प्राधिकरणले उक्त फ्रेमवर्क उपर राय, सुझाव तथा प्रतिक्रिया एक महिनाभित्र दिन सक्ने मस्यौदा तयार गरेको हो ।

यस फ्रेमवर्कले आइओटीरएमटूएमको लाइसेन्स तथा प्रमाणीकरण, स्पेक्ट्रमको व्यवस्था, डिभाइस पहिचानका साथै सुरक्षा, गोपनियता,  डेटा व्यवस्थापन तथा उपकरणसम्बन्धी व्यवस्था गरेको छ।

आइओटीरएमटूएमको सेवा प्रदायकहरुले प्राधिकरणबाट स्वीकृत उपकरणहरु मात्रै प्रयोग गर्न पाउने छन्। सेवा प्रदायकहरुले आइओटी सेवा दिन होस्ट गर्ने सर्भर तथा डेटाहरु नेपाल भित्रै स्टोर गर्नुपर्ने व्यवस्था गरिएको छ। मस्यौदा प्राधिकरणको साइटमा हेर्न सकिन्छ ।