सांसद जसपाका, मतदान कांग्रेस नेतालाई

मकवानपुर - नेपाली कांग्रेसको बागमती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए ।
प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएकाे थियाे । तर पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दाेस्राे चरणकाे मतदान भइरहेकाे छ ।
हेटौंडामा भएकाे कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेकाे स्राेतले बतायाे । बागमती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बागमती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया