खेलाडीले पनि हारको जिम्मेवारी लिनुपर्छ : चेल्सी प्रशिक्षक लाम्पार्ड

काठमाडौं : प्रिमियर लिगमा लगातार सात खेलमा पराजय भोगेको आर्सनलले शनिबार चेल्सीलाई हराउँदा प्रशिक्षक मिकेल आर्टेटाले राहत महसुस गरेका छन् । इमिरेट्स रंगशालामा भएको खेलमा सहरी प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दा अलेक्जान्ड्र लाकाजेट, ग्रानिट जाका र बुकायो साकाले एक-एक गोल गरे । चेल्सीका लागि ट्यामी अब्राहामले एक गोल फर्काए ।
यस सिजन संर्घषरत रहेको आर्सनल जितपछि १५ खेलबाट १७ अंक बनाएको छ । जितले अंक तालिकामा आर्सनलको स्थानमा ठूलो फरक नपरे पनि प्रशिक्षक आर्टेटाले आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्टी व्यक्त गरेका छन् । लगातार आलोचित भइरहेका स्विस मिडफिल्डर जाका, अपेक्षित खेल देखाउन नसकिरहेका लाकाजेट र आर्सनलका भविष्य मानिएका साकाले गोल गर्दा आर्टेटाले भनेजस्तो क्रिसमस उपहार प्राप्त गरे ।
आर्सनल गत नोभेम्बर १ यता प्रिमियर लिग खेल्न जित्न असफल रहँदै आएको थिए । इमिरेट्समा त झन आर्सनलले अक्टोबर ४ यता कुनै पनि लिग खेल जित्न सकेको थिएन ।
आर्सनल गत नोभेम्बर १ यता प्रिमियर लिग खेल्न जित्न असफल रहँदै आएको थिए । इमिरेट्समा त झन आर्सनलले अक्टोबर ४ यता कुनै पनि लिग खेल जित्न सकेको थिएन । लगातारको खराब प्रदर्शनले दबाबमा रहँदै आएका आर्टेटाले चेल्सीविरुद्धको जित सँगै आफ्नो टिमले आगामी खेलमा पनि सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।
‘हामीलाई यो जितको एकदमै आवश्यकता थियो । हामी धेरै खेलमा राम्रो खेल्दाखेल्दै पनि अंक गुमाउन बाध्य भइरहेको थियौं । पछिल्ला आठ साता हाम्रो लागि निराशाजनक रहे । आशा छ यो जितसँगै हाम्रो भाग्य परिवर्तन हुनेछ,’ खेलपछि बीबीसीसँग कुरा गर्दै आर्टेटाले भने ।
उता चेल्सीले भने पराजित भएसँगै लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमायो । ‘बक्सिङ डे’ का दिन भएको खेलमा चेल्सी पेनाल्टीमा समेत चुक्यो । ३-० ले पछि परिसकेको अवस्थामा ८५ औँ मिनेटमा युवा स्ट्राइकर अब्रहामले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउन कोसिस गरे । त्यसको पाँच मिनेटपछि चेल्सीले पेनाल्टी पायो । तर भरपर्दा मानिएका जर्गिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले खेलको उर्ताद्धमा आर्सनलमाथि दवाब सिर्जना गर्ने मौका गुमायो ।
उपाधि जित्ने लक्ष्यमा रहेको चेल्सी पराजय पछि २५ अंक सहित सातौं स्थानमा सिमित भयो । अनपेक्षित पराजय भोगेपछि चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड आक्रोशित देखिए । ‘हामीले एकदमै खराब खेल्यौं । दोस्रो हाफमा केही सम्हालिए पनि पहिलो हाफमा हामीले आत्मसमर्पण नै गरेको जस्तो देखियो । म हारको जिम्मेवारी लिन तयार छु । तर खेलाडीले पनि जिम्मेवारी लिनुपर्छ,' लाम्पार्डले भने ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया