आइतबार देशभरबाट ४३६ जना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २४ घण्टामा ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी २०५ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ७ सय ४७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २०० र एन्टीजेन्ट विधिबाट ५ जनामा कोभिड पुष्टि भएको छ ।
देशभर सक्रिय संक्रमित ६ हजार ५ सय ७ जना छन् । आईसीयूमा १ सय ७ र भेन्टीलेटरमा २८ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार १ सय ६३ , संस्थागत आईसोलेशनमा ३ सय ४४ र क्वारेन्टाइनमा ९७ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया