सकियो मुकन र लक्ष्मीको ‘बिच्छेद' छायांकन

काठमाडौं 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन वर्र्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।
निर्देशक सत्यराज चौलागाईंले निर्देशन गरेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । राज पण्डित, सुबास राई र साबी बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडी योगी र सुरज थापाको संगीत रहनेछ । फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया