सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

कांग्रेस बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँको अग्रता

फाइल फोटो

हेटौंडाः कांग्रेस बागमती प्रदेश सभापतिको दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका इन्द्र बानियाले अग्रता कायम राखेका छन् । हालसम्म १००० मत गणना गर्दा बानियाँले ५२६ मत प्राप्त गरेका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् । सुरुवातदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका बानियाँले अग्रता कायम लिइरहेका छन् ।

शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज फेरि मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो । 

साँझ साढे ५ बजे मतदान सकिएको थियो । कुल २ हजार २६ मत खसेको मतदान अधिकृत रामकुमार अधिकारीले बताए । आजै प्रदेश सभापतिको मतगणना सकिएर नतिजा आउने उनको भनाई छ । सभापतिको नतिजा आएपछि मात्रै अन्य पदाधिकारीको मतगणना हुनेछ ।