माइग्रेन किन हुन्छ?

काठमाडौँ- माइग्रेन के हो ? माइग्रेन भनेको टाउको दुख्ने रोग हो । बारम्बार बल्क-बल्क गरेर आधा टाउको दुख्ने रोग नै माइग्रेन हो । माइग्रेन हुँदा च्वास्च्वास् घोचे जसरी सहनै गाह्रो हुने गरी टाउको दुख्छ । मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । जसले गर्दा मस्तिष्क वरपरका रक्तनलीहरू सुनिन्छ र टाउको दुख्छ ।
माइग्रेन कुन उमेर समूहका मानिसलाई बढी हुन्छ ?
माइग्रेन सबै उमेरका मानिसलाई हुन सक्छ । तर तुलानात्मकरूपमा बढी तनाव लिने मानिस र महिलालाई बढी हुन्छ ।
माइग्रेन हुने प्रमुख कारण :
वंशाणुगत गुण, मानसिक तनाव, चिया तथा कफीको बढी प्रयोग, अनिन्द्रा ,धुम्रपान तथा मध्यपानको बढी सेवनले माइग्रेन हुने व्यक्तिलाई अझ बढाउँछ । पीडा कम गर्ने औषधि (पेनकिलर)को बढी प्रयोग ।
लक्षण : यो रोग लागेपछि लामो समयसम्म रहन्छ । व्यक्ति अनुसार फरक पर्नसक्छ यसका लक्षणहरू, टाउकाको एक भाग दुख्ने, अति कम व्यक्तिलाई टाउकाको दुबै भाग दुख्न पनि सक्छ,टाउकाको दाँया–बाँया, अगाडि–पछाडि सरिसरी एक भाग दुख्ने । वाक्वाकी लाग्ने, हात खुट्टा झम्झमाउने । कहिलेकाहीँ टाउको पछाडि घाँटीको केही भाग दुख्ने, अल्छि लाग्ने, थकाई लाग्ने ।
रोकथामका उपाय :
अत्याधिक क्याफिन हुने कुरा कफि, चिया, चकलेटहरूको प्रयोग नगर्ने । तनावबाट मुक्त हुने । घाममा धेरैबेर नबस्ने । माइग्रेन हुँदा दुखाई गर्ने धेरै औषधि सेवन गर्नु उचित हुँदैन ।

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

प्रतिक्रिया