ब्रोकर कमिशनलाई सेयर बजारको रातो बत्ती
नेप्से ४० अंकले घट्दा पनि ३१ कम्पनी मालामाल, पुस महिनाकै न्यून कारोबार
काठमाडौं : लगानीकर्ताले सेयर किनबेच गर्दा तिर्नुपर्ने कमिशन ३३ प्रतिशतले घटाएपछि लगानीकर्ताहरू बजारमा आकर्षित हुने अपेक्षाविपरीत सेयर बजारमा पहिरो गएको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक ३९.९८ अंकले घटेर १ हजार ९ सय ९८ दशमलव ६५ पुगेको छ । बजार १ दशमलव ९६ प्रतिशतले घटेको हो ।
धितोपत्र बोर्डले आइतबारदेखि लागू हुने गरी लगानीकर्ताले सेयर किनबेच गर्दा तिर्नुपर्ने कमिशन ३३ प्रतिशतले घटाउँदै भन्यो, 'धितोपत्र सेवा शुल्कमा गरिएको पुनरवलोकनले धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने अपेक्षा छ ।' तर आइतबार घटेको कमिशन लागू गरेकै दिन सेयर बजारमा पहिरो गएको हो ।
धितोपत्र बोर्डले आइतबारदेखि लागू हुने गरी सेयर ब्रोकर कमीशन घटाएपनि लगानीकर्ताहरूमा उत्साह बढेको देखिएन । गत साता बुधबार कीर्तिमानी अंकको नजिक पुगेको नेप्से विहीबार २९.८३ अंकले घटेर २०३८.६३ अंकमा पुगेको थियो ।
२०७३ साउन ६ मा धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएको थियो । त्यतिबेला कमिशन घटाएपछि नयाँ रेटअनुसार बिलिङ प्रक्रिया नमिलेको भन्दै नेप्से र ब्रोकरहरूको मिलेमतोमा पहिलो दिन कारोबार नै ठप्प पारेका थिए ।
दलालहरूको अर्डर नै नआएको भन्दै नेप्सेले कारोकार रोकेको थियो । जसबाट लगानीकर्ताहरूले ठुलो नोक्सानी व्यहोर्नुपरेको थियो । तर नेप्से खुलेको दिन सोमबार भने कारोबार ५० प्रतिशतले बढेको थियो । नेप्से परिसूचक पनि ४० अंकले उक्लएको थियो ।
घट्यो कारोबार
नेप्सेमा भारी अंकले गिरावट आएसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार चार अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो पुस महिनाकै सबैभन्दा कम कारोबार हो । गत पुस ५ मा अहिलेसम्मै सबैभन्दा बढी ९ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबारको ४२ हजार ३ सय २८ पटकको कारोबारमा ८१ लाख १० हजार कित्ता मात्रै सेयर किनबेच भएको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार |
पुस १, बुधबार |
२०५५.२२ |
५ अर्ब १४ करोड |
पुस २, बिहीबार |
२०३२.५१ |
६ अर्ब ७६ करोड |
पुस ५, आइतबार |
१९३५.६३ |
९ अर्ब ४ करोड |
पुस ६, सोमबार |
१९६५.९६ |
६ अर्ब ६९ करोड |
पुस ७, मंगलबार |
२०६१.४१ |
६ अर्ब ७४ करोड |
पुस ८, बुधबार |
२०६८.५६ |
६ अर्ब ८६ करोड |
पुस ९, बिहीवार |
२०३८.६३ |
५ अर्ब ३६ करोड |
पुस १२, आइतबार |
१९९८.६५ |
४ अर्ब ५९ करोड |
नेप्से घट्दा पनि ३१ कम्पनी मालामाल
नेप्से ४० अंकले घट्दा पनि ३१ कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.८१ प्रतिशतले बढेको छ । आशा लघुवित्तको सेयर ५ प्रतिशत (४४ अंक) ले बढेको छ । सबैको लघुवित्त, सम्मिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लगायत ३१ कम्पनीको सेयर बढेको छ ।
कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी होटल र जीवन बिमा परिसूचक घटेको छ । होटल समूहमा ४.६६ प्रतिशतले गिरावट आएको छ । जीवन बिमा समूहको परिसूचक ३.७९ प्रतिशतले बढेको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया