भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

भक्तपुर- भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ ।
एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।
भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सीपमूलक तालिम आयोजना गर्न एसोसिएसन गठन गरिएको उनले बताए ।
एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायी आबद्ध हुन सक्ने जानकारी दिइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया