हास्य कलाकारको ‘लक्का जवान’ वैशाख २३ मा

काठमाडौँ - महामारीका कारण रोकिएको अर्को फिल्म ‘लक्का जवान’ले पनि प्रदर्शन मिति तोकेको छ । वितरक गोपालकाजी कायस्थले फिल्म वैशाख २३ मा प्रदर्शन हुने जानकारी गराएका छन् ।
यो फिल्म दुई वर्षअघि चैत २१ मा प्रदर्शन हुने गरी प्रचार प्रसारमा उत्रिएको थियो । तर चैत ११ मा सरकारले नै लकडाउन गरी सिनेमा हलसमेत बन्द गर्ने आदेश दिएपछि यो फिल्मको प्रदर्शन रोकिएको थियो ।
हास्य प्रधान यो चलचित्रमा कलाकारको भिड छ । फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल आदि कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा र पटकथा पनि शिवहरी पौडेलकै हो । किरण केसी, शिवहरी पौडेल, दीलिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्ममा अनुसुया श्रेष्ठ निर्माता हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया