युभेन्टसका प्रशिक्षक एलेग्रीको आफ्नै खेलाडीसँग भनाभन
काठमाडौँ- इटालियन सिरी 'ए' मा आइतबार राति युभेन्टसले जेनोआलाई २–० ले हरायो । युभेन्टसको आलियान्ज रंगशालामा भएको खेलमा विजयी टिमका लागि जुवाँन कुवाडार्डो र पाब्लो डिबालाले एक–एक गोल गरे । पछिल्लो समय बलियो लयमा देखिएका डिबालाका लागि यो पाँचौँ गोल हो । पछिल्लो लिग खेलमा पनि अर्जेन्टिनाका यी फरवार्डले गोल गरेका थिए ।
जितसँगै युभेन्टस पाँचौँ स्थानमा उक्लेको छ । युभेन्टसको खातामा १६ खेलबाट २७ अंक भएको छ । जुन चौथो स्थानको एटलान्टाको भन्दा सात अंक कम हो । फियोरेन्टिनाको पनि २७ अंक नै छ तर उ गोल भिन्नतामा युभेन्टसभन्दा पछाडि छ ।
आलियान्जमा खेल जारी रहँदा मासिमिलायानो एलेग्री र अल्भारो मोराटाबीच भनाभन भयो । युभेन्टस १–० ले अगाडि रहँदा युभेन्टसका प्रशिक्षक एलेग्रीले खेलाडी परिवर्तन गर्ने निर्णय लिए । उनले स्पेनिस स्ट्राइकर मोराटालाई निकालेर मोइस किनलाई मैदानभित्र पठाए । यो निर्णयले मोराटा खुबी देखिएनन् । मैदानबाहिर निस्किदा मोराटा र एलेग्रीबीच भनाभन भयो ।
मोरोटाले ७२ औँ मिनटमा पहेँलो कार्ड पाएका थिए । जेनोआका डेभिड बिरास्चीसँग झगडा गरेवापत मोराटालाई पहेँलो कार्ड देखाइएको थियो । त्यसपछि एलेग्रीले मोराटालाई परिवर्तन गर्ने निर्णय लिए । मोराटाले आफूलाई किन निकालेको भन्दै झर्कदा एलेग्रीले ‘तिमीले फउल दियौँ त्यसकारण चुप लाग’ भनेको सुनिएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया