प्रदेश-१ संसद्को हिउदे अधिवेशन ७ माघमा

मोरङ : प्रदेश-१ संसद्को हिउदे अधिवेशन ७ माघमा बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक माघ ७ गते अपराह्न २ बजे बस्ने गरी बोलाएका हुन् ।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक बोलाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहान बसेको बैठकले सो दिनका लागि बैठक बोलाउन सिफारिस गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुध्द बिहानमात्रै अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया