विवाह पञ्चमीको चौथो दिन : सम्धी मिलन गरेर मनाइयो तिलकोत्सव

जनकपुरधाम - श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साेमबार चौथो दिन तिलकोत्सव मनाइएको छ । हिन्दू वैद्धिक परम्परा विवाह महोत्सवअन्तर्गतको तिलकोत्सव जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा साधु सन्त र श्रद्धालुहरूको बीचमा भगवान श्रीराम र माता जानकीका अभिभावक रूपमा रहेका महन्तहरूले सम्धी मिलन गरी मनाइएको हो ।
भगवान श्रीरामको अभिभावक राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ बाबा राम गिरी र माता सिताको अभिभावक राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सम्धी मिलन गरेका हुन् । तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट २ सय ५१ वटा पाहुर राम मन्दिर पुर्याइएको थियो । तिलकोत्सव कार्यक्रम राखिएका ती पाहुर सामग्री प्रसादस्वरूप उपस्थित श्रद्धालुहरूलाई बाँडिएको छ । मिथिला परम्पराअनुसार वैवाहिक कार्यक्रममा गाइने गीत र दुल्हीपट्टीलाई दिइने गालीसमेत गायतन गरिएको छ ।
सो कार्यक्रममा विशेष अतिथिको रूपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्रीको उपस्थिति रहेको थियो । मन्त्रीसहित प्रशासनिक निकायमा प्रतिनिधिसहित विभन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार (भाेलि) पाँचाैं दिन मटकोर छठौं दिन विवाह पञ्चमी महोत्सव मनाइने छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ । यसवर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला र आइतबार धनुष यज्ञ मनाइएको थियो ।
त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ । विवाह पञ्चमी महोत्सवमा नेपाल भारतका लाखौं श्रद्धालु उपस्थित हुँदै आएका छन् ।
दीपावली मनाउन आग्रह
यसैबीच जनकपुरधाममा जारी श्रीराम जानकी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिनसम्म दीपावली मनाउन आग्रह गरिएको छ । गौ संरक्षण मञ्च नेपाल जनकपुरधामले महोत्सवलाई आकर्षक बनाउन जनकपुरधाम नगर क्षेत्रमा मंसिर २१ देखि २३ गतेसम्म घर-घरमा दीपावली मनाउन आग्रह गरेका छन् ।
सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल
कोभिड- १९ संक्रमणको नयाँ भेरियन्ट अमिक्राेन भाइरस नेपाल भित्रिएकाे भन्ने समाचार आएकाे अवस्थालाई मध्यनजर गर्दै विवाह पञ्चमी महोत्सवमा स्वास्थ्य सतर्कता अपनाउन प्रदेश २ का मुख्मयन्त्री लालबाबु राउतले आग्रह गरेको छ ।
सोमबार महोत्सवको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले कोभिड महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई महोत्सवमा सहभागी हुनसमेत सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा अपिल गरेको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश सरकारले मंसिर २२ गते प्रदेशमा सार्वजनिक विदासमेत दिएको छ ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_tcqzrGGBzU_2uiiadeuageuniecok3fu4cimhy0rxh0eolggcm6ltfs3ldfqkwz7elpcd8i.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया