प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो–‘डा.के.सी.का जायज आवाज नसुन्ने भूल नगर्नुस’

काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आमरण अनसनमा बसेका डा. गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल नगर्न चेतावनी दिएको छ ।
कांग्रेस प्रवक्ता तथा सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता नगर्ने बालुवाटारको बालहठ महंगो पर्ने प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. के.सी. को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’
डा. के.सी. अनशनमा बसेको २४ दिन पुग्दापनि वार्ता समितिसम्म गठन नगरेको किन हो भनेर शर्माले प्रश्न गरेका छन् । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने ओलीले अहिले अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न छोडेको आरोप प्रवक्ता शर्माको छ ।
श्र्माले कांग्रेस नेतृत्वको सरकार भएको बेलामा डा. के.सी. अनशन बस्दा, वार्ता गरेर कयौं माग पूरा गरिएको पनि सम्झाएका छन् । सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर, शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर केसीको माग पूरा गरेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अहिले ओली सरकारले ती सरकारले पूरा गरेका मागसमेत एकातर्फ उल्टाएको र नयाँ सन्दर्भमा अघि सारिएका माग संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार देखाउन नसकेको शर्माको भनाइ छ । सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया