कांग्रेस बागमती प्रदेशको मतगणना जारी

हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए ।
हालसम्म ६ सय मत गनिसकेको उनले बताए । शनिबार हेटौंडाको फरेष्टी क्याम्पसमा भएको निर्वाचनमा २ हजार ८३ मत खसेको थियो । प्रदेश सभापतिको भने शनिबार राति मतपरिणाम सार्वजनिक गरिएको थियो । ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आइतबार प्रदेश सभापतिको लागि शेरबहादुर देउवापक्षका इन्द्र बानियाँ र पौडेलपक्षका जगदिश्वर नरसिंह केसीबिच पुन: मतदान गरिएको थियो । शनिबार भएको निर्वाचनमा तेस्रो भएका भीमसेनदास प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापतिमा देउवापक्षका इन्द्र बानियाँ विजयी भएका छन् ।
सभापतिको टुंगो लागेसँगै शनिबार भएको अन्य पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो । कांग्रेस बागमती प्रदेशको मतगणना गर्न २ दिन लाग्ने भएसँगै मतगणना स्थल सारिएको छ । हेटौंडा-१० स्थित फरेष्ट्रि क्याम्पसमा प्रदेश सभापतिको मतगणना भए पनि अन्य पदाधिकारी र सदस्यको मतगणना भने हेटौंडा-४ स्थित एक पार्टी प्यालेशमा भइरहेको छ ।
कांग्रेस बागमती प्रदेश उपसभापतिको दौडमा देउवापक्षका चन्द्र महर्जनले ८७, धर्मराज गौतमले ८४ मत पाएका छन् । यस्तै पौडेलपक्षका मोहन बस्नेतले ११८ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ९४ मत पाएका छन् । महामन्त्रीमा पौडेलपक्षका कन्चनचन्द्र बादे १११ र माइकल रामचन्द्र अर्याल ९९, देउवापक्षका तिलकप्रसाद रुवालीले ५८, राजु श्रेष्ठले ७७, सिटौलापक्षक सुरेश श्रेष्ठले १७ र गौरी दवाडी दौडले २० मत पाएका छन् ।
यस्तै महिलातर्फको सहमहामन्त्रीमा पौडलपक्षका जीवन डंगोलले १०८, देउवापक्षका निर्मला बस्ताकोटी ९७ र सिटौलापक्षका मोतिमाया तामाङले ३२ मत प्राप्त गरेकी छन् । खुला तर्फबाट सहमहामन्त्रीमा ऋषिराम घिमिरे १४८, जगन्नाथ धिमाल २४, जयनारायण सापकोटा १३, महेन्द्र थिङ ९९, राजकुमार तामाङ ३८, हरिशरण श्रेष्ठले १०९, वीरबहादुर तामाङले ३२ मत पाएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया