घोराही-तुलसीपुर सडक निर्माणमा ढिलाइ

दाङ - घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएका छन् । निर्माण सक्नुपर्ने समयमा बल्ल सडक निर्माण सुभारम्भ भनेर घोषणा गरिएको भए पनि काम सुरू हुन नसकेको हो ।
मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरिएको भए पनि निर्माण व्यवसायीले अझैं कामको सुरूआत गरेका छैनन् ।
तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले शुभारम्भ कार्यक्रममा एक सातामा काम सुरू गर्ने बताए पनि १० दिन वितिसक्दासमेत काम सुरू हुन नसकेको हो । घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना ०७६ साल असारमा सुरू भइ ०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। तर, यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ।
ठेकेदारले सडक निर्माणको नाममा त्यसै छाड्दा यात्रूहरू जोखिममा परेका छन् । निर्माण कम्पनीले चार लेन सडक निर्माणको काम अब आफैंले अघि बढाउने बताएको भए पनि अहिले अन्य दुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रूपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रूपैयाँ खर्च भएको जनाइएको छ ।

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया