प्रधानमन्त्री कपमा लुम्बिनी र एपीएफको विजय यात्रा जारी

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफले आफ्नो विजय यात्रा जारी राखेका छन् । दाङमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्यो भने एपीएफले प्रदेश-२ माथि आठ विकेटको जीत दर्ता गर्यो ।
जितसँगै लुम्बिनी र एपीएफ समान दुई खेलबाट चार-चार अंक बनाउँदै समूह ए को शीर्ष दुईमा छन् । त्यस्तै, प्रतियोगिताको दोस्रो दिन पनि जीतविहिन रहेका कर्णाली र प्रदेश-२ अंक तालिकाको पुछारमा छन् ।
दिनको पहिलो खेलमा कर्णालीले टस जित्दै ब्याटिङ रोज्यो । तर कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक नछुँदा कर्णालीले १३ ओभरमा ६ विकेटको क्षतिमा ३४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक आठ रन बनाइन् भने अंशु शाक्यले अविजित सात रन बनाइन् ।
कर्णलीलाई सस्तोमा समेट्न लुम्बिनीकी कप्तान नेरी थापाले दुई विकेट लिइन् भने सरिता जिसी र गिता गोसाइले एक-एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको लुम्बिनीले ३.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
दोस्रो खेलमा प्रदेश-२ ले टस जित्दै ब्याटिङ रोज्दा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७२ रन बनायो । लगातार दोस्रो पराजय भोगेको प्रदेश-२ का लागि ओपनर शोभा आले र अनुराधा चौधरी बाहेकले दोहोरो रन बनाउन सकेनन् ।
आलेले २३ बलको सामना गर्दा १३ रन बनाइन् भने चौधरीले ३४ बलमा १८ रन बनाइन् । उता ज्योति पाण्डे र कप्तान सिता राना मगरले क्रमशः ३० रन र १८ रन बनाउँदा एपीएफले १३.१ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया