पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको व्यवस्था गर्न माग
काठमाडौँ- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको व्यवस्था गर्नुपर्ने लगाायतका माग राख्दै राखेप सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार संघले सदस्यसचिव घिसिङलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्ना विभिन्न ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले खेलाडीको प्रोत्साहन भत्तामा अहिले स्वर्णलाई मात्र दिँदै आएकोमा रजत र काश्य पदक विजेतालाई पनि व्यवस्था गर्न माग राखेको छ ।
त्यस्तै सागमा स्वर्ण र रजत जित्ने खेलाडीलाई खेलकुदमा नै राज्यले रोजगारीको व्यवस्था गर्ने गरेकोमा पछिल्लो पटक त्यो व्यवस्था हटेकाले त्यसलाई फेरि निरन्तरता गरिदिन माग गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
खेलाडीको कल्याणकारी कोषमा अर्थ मन्त्रालयले गरेको वाचा अधुरो रहेको र यसलाई थप मजबुत बनाउन हरेक बर्ष २० लाख रुपैयाँ कोषमा थप गर्नका लागि पहल गर्न उनले अनुरोध गरे ।
खेलाडीहरुले ध्यानाकर्षण बुझ्दै राखेप सदस्य सचिव घिसिङले संघले राखेका बिषयलाई आफूले सम्बोधन गर्ने बताए । कोषमा २० लाख थप्ने बिषयलाई निरन्तरता दिन पहल गर्ने र यसलाई कार्यविधि बनाएर खर्च गर्नुपर्ने उनको भनाई छ । उनले जीवनको महत्वपूर्ण समय राष्ट्रका लागि खर्चिएका खेलाडीहरूको उचित व्यवस्थापनका लागि कार्ययोजना बनाइने बताए ।
संघले खेलकुद मन्त्रालय र राखेपमा नयाँ नेतृत्व आएपछि ध्यानाकर्षण बुझाउने गरेका छन् । ध्यानाकर्षण बुझाएपनि आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको संघको गुनासो छ ।
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया