केन्द्र सरकारविरुध्दकाे आन्दोलनमा प्रदेश सरकारको उपस्थिति

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द जनता समाजवादी पार्टीको आन्दोलनमा प्रदेश २ सरकारले पनि सहभागिता जनाएको छ । प्रतिनिधि सभा विघटन भएपछि जसपाले प्रम ओली र राष्ट्रपति भण्डारीविरुध्दको आन्दोलनमा प्रदेश सरकारले पहिलो पटक आफ्नो सहभागिता जनाएको हो ।
आइतबार जनकपुरधामको जनक चोकमा आयोजित पुर्वनिर्धारित जनप्रदर्शन कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसमेत उपस्थिति थिए । करिब एक सातादेखि जारी आन्दोलनमा प्रदेश सरकारका कुनैपनि प्रतिनिधि वा मन्त्रीले सहभागिता जनाएको थिएन ।
मन्त्री सोनलको अगुवाईमा आयोजित सो जनप्रदर्शनको क्रममा जनक चोकबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै मन्त्री सोनलले भने—‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको घटनाले यो संविधान अपूर्ण रहेको कुरो पुिष्ट भइसकेको छ ।’
उनले प्रतिनिध सभा विघटन गरेर पूरै मुलुककै जनताको भविश्यसँग खेलवाड गर्ने प्रम ओलीको अलोकतान्त्रिक, निरकुंश कदमविरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु आवश्यकता रहेको बताए ।
मन्त्री सोनलले पार्टीभित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित रहेको भन्दै पार्टी विवादलाई लिएर देशमा हजारौको रगत बगाएर ल्याइएको संघियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित रहेका प्रतिप्रश्न गरे ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया