सेयर बजारमा ३७ अंकको गिरावट

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार पुन: गिरावट आएको छ । सोमबार भने ३२ अंकले बढेको नेप्सेमा उच्च उतारचढाव हुँदै कारोबारको अन्त्यमा ३७ अंकको गिरावट देखिएकाे हो ।
मंगलबार नेप्सेमा ३७.१८ अंक अर्थात १.४६ प्रतिशत गिरावट भएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २५०८.०९ अंकमा ओर्लिएको हो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.५८ अंक अर्थात् १.४२ प्रतिशतले घटेको छ । मंगलबारको कारोबारमा २ सय ३१ कम्पनीका सेयर ४९ हजार ७ सय ४१ पटक कारोबार भएको छ ।
मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रूपैयाँ बराबरको कारोबार हुँदा ८३ लाख ३० हजार ९३ कित्ता सेयर कारोबार भएको छ । मंगलबारको कारोबारमा २६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ६० कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया