भारतीय सेनाको नियन्त्रणमा एक चिनियाँ सैनिक
पुनः सतहमा भारत-चीन सीमा विवाद

एजेन्सी : भारत-चीन सीमा विवाद पुनः सतहमा आएको छ । पछिल्लो पटक गोली हानाहानको अवस्थामा पुगेर मथ्थर भएको उक्त विवाद सोमबारदेखि पुनः तातेको हो ।
भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएपछि यो विषय संचार माध्यमले पुनः बहसमा ल्याएका छन् । लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा चिनियाँ सैनिक कर्पोरल प्रवेश गरेपछि भारतीय सेनाले ती कर्पोरललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।
भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै त्यसरी नियन्त्रित चिनियाँ कर्पोरल वाङ या लङलाई पुनः चिनियाँ सेनाको जिम्मा लगाइने पनि जनाएको छ । ‘चिनियाँ सेनाका कर्पोरल वाङ सीमा (एलओसी) पार गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको हो’, भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ,‘चिनियाँ पक्षले वाङको बारेमा जानकारी लिएको छ, स्थापित मान्यता अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनाको जिम्मा लगाइनेछ ।’
पक्राउ परेका चिनियाँ सेनालाई भारतले सबै सुविधा दिएर राखेको छ । लद्दाखस्थित सीमा क्षेत्रमा यी दुई मुलुकबीच विगत साढे पाँच महिनादेखि फरक खालको तनाव छ । सीमामा करिब दुई महिनाअघि भएको भिडन्तमा भारतीय सेनाको हताहत पछि त्यहाँ दुबै तर्फकाले सैन्य उपस्थिति बढाएको छ । ५० हजारभन्दा बढी सेना उक्त सीमामा खटाएका छन् । हुन त दर्जनबढी वार्ता समेत भए ।
सीमा विवादकै कारण दुई देशबीच तनाव जारी छ । चार दशकभन्दा लामो समयपछि भारत र चीनबीच भिडन्त पनि भएको भयो । सन् १९६२ मा सीमा विवादका कारण युद्ध नै गरेका यी दुई मुलुक अहिले पनि एक अर्कामा दाउ हेरिरहेको जस्तै छन् ।
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया