नेपाल लाइफले ल्यायो नयाँ बिमा योजना

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ बिमा योजना प्रस्तुत गरेको हो । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बिमा हो ।
विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माणलगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् ।
यस्तो विकास निर्माणका काममा जोखिम बढी रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ बिमा योजना ल्याएको हो ।
यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले’नेपाल लाइफ समुन्नत जीवन’ बिमा योजना यहाँहरुमाझ ल्याएको हो ।
यस बिमा योजनाको मूख्य आकर्षण भनेको बिमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो ।
यो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ ।अतिरिक्त बिमा शुल्क तिरेर बिमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।
यो बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बिमाङ्क रकमको बिमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिकर मासिक रुपमा बिमा शुल्क भुक्तानि गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ बिमा योजनामा वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थपघट हुने छैन ।
बिमालेख चालु रहि बिमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बिमा अवधि समाप्तीको अन्त्यमा बिमाङ्क रकम आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ ।
बिमालेख चालु रही बिमा अवधि भित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बिमाङ्क रकम आर्जित बोनस एकमुष्ट बीमितको इच्छाएको व्यक्तिलाई भुक्तानी दिइने छ । बिमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमालेखमा उल्लेख भएको तीन गुणा बिमाङ्क रकम आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।
यदि कथमकदाचित बिमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । वार्षिक तीन किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भए पश्चात बिमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_dNACGAfPSZ_6maqzxr0mm1avto69fsqermhtd8hzixwanzcmkr3vvecshrupbzmkgoqybry.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया