जनकपुरधाममा विवाह पञ्चमीको पुर्वसन्ध्यामा मटकोर सम्पन्न
जनकपुरधाम - श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको पुर्व सन्ध्यामा मंगलबार मटकोर उत्सव सम्पन्न गरिएको छ । जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर सप्ताही व्यापी कार्यक्रम अन्तर्गत मटकोर विधि मनाइएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मन्दिरबाट बाजागाजाका साथ साधु सन्त सहित हजारौ श्रद्धालुको सहभागितामा मैथिली वैवाहिक गीत गाउंदै माटो खन्न गंगा सागर पोखरी पुगेका थिए ।
माता सीताको स्वरुपलाई पुजापाठ गरी गंगा सागरको डिलमा खनिएका ती माटो वेदीका लागि मन्दिरमा भित्रियाइएको छ । सोही माटोले विवाहका बन्ने बेदी (मडवा) मा प्रयोग गरिनेछ । सो मटकोर कार्यक्रममा प्रदेशका उप सभामुख उपमा देव, उद्योग, पर्यटन तथा वातावरण मन्त्री शत्रुध्न महतो, प्रतिनिधि सभा सदस्य जुली महतो लगायत, प्रशासनिन निकाय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
मिथिला विवाह पद्धति अनुसार विवाहका लागि बनाइने वेदीका लागि माटो खनिने विधिलाई मटकोर भनिन्छ । वेदीका लागि प्रत्येक वर्ष गंगा सागर पोखरीबाटै माटो खनिदै आएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह पञ्चमी महोत्सव मनाइने छ । मिथिला विवाह परम्परा अनुसार विवाहका हरेक विधि अपनाइनेछ । दिउंसो तिर रंगभूमि मैदानमा स्वयंवर र भगवान श्रीराम र माता जानकीको डोला मिलनक गरिनेछ । सो डोलालाई नगर परिक्रमा गराइने ।
बेलुका तिर वैवाहिक कार्यक्रम आयोजना गरिनेछ । सो वैवाहिक कार्यक्रममा अयोध्याबाट आएका साधु सन्तहरु जन्तीको रुपमा उपस्थित हुनेछ । वैवाहिक कार्यक्रममा प्रत्येक वर्ष झै यसवर्ष पनि माता सीताको अभिभावकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र भगवान श्रीरामको अभिभावकको भूमिका अयोध्या लक्ष्मण किलाधिशबाट महन्थले निर्वाह गर्नेछ ।
अन्तिम दिन जन्तीलाई भोजन र सम्धी मिलन सहित रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यअसघि नगर दर्शन, फुलवारी लिला, धनुष यज्ञ र तिलकोत्सव सम्पन्न भइसकेको छ ।
त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ । विवाह कार्य सम्पन्न गर्न कम्तिमा ७ दिन लाग्ने भएको हुनाले केही दशकदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिदै आएको छ ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया