विवाह पञ्चमी महोत्सव मनाइने रंगभूमि मैदानको अवस्था लथालिङ्ग
जनकपुरधाम - प्रत्येक वर्ष हर्षोल्लास र उत्साहका साथ जनकपुरधाममा मनाइने श्रीराम जानकी विवाहपञ्चमी महोत्सवको प्रमुख स्थल रंगभूमि मैदानको अवस्था लथालिङ्ग रहेको छ । विवाह पञ्चमी महोत्सवको मात्र एक दिन बांकी रहेको अवस्थामा जानकी मन्दिरलाई दुल्हिन झै सजाइए पनि महोत्सवको प्रमुख स्थल रंगभूमि मैदान अहिले फोहरमय नै रहेको छ, कुनै व्यवस्थापन गरिएको छैन ।
भगवान श्रीराम जानकी विवाहको प्रत्यक्ष साक्षीको रुपमा रहेको बारह विग्घा भनिने रंगभूमि मैदान महोत्सवमा उपेक्षितको शिकार भएको देखिएको छ । रंगभूमि मैदान त्रेतायुगमा माता सीताको विवाहका लागि स्वयंवर स्थलको रुपमा परिचित छन । श्रीरामजानकीको विवाहको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवमा वैवाहिक पद्धति स्वयंवर र डोला मिलन कार्यक्रम आयोजना गरिदै आएको छ ।
माता जानकीको माइती स्थल जानकी मन्दिर र भगवान श्रीरामको घरको स्वरुप राम मन्दिरको डोला सहित जनकपुरधामका विभिन्न मठमन्दिरका डोलाहरु यही मैदानमा स्वयम्बरका दिन पुग्ने गर्छन । सो अवसरमा माता सीता र भगवान राम सवार डोलाको मिलन गर्ने गरिन्छ । यसका साथै महोत्सवमा सहभागी हुन आएका देश विदेशका लाखौ श्रद्धलु भक्तजनहरु वास समेत बस्ने गर्छन ।
महोत्सवमा यतिका महत्व बोकेका र श्रद्धालुहरुको वास स्थल रंगभूमि मैदान वैवाहिक कार्यक्रमको पुर्वसन्ध्यासम्म फोहरमय नै रहेको छ । न त कुनै सरसफाई गरिएको छ, न कुनै शौचालय र न शुद्ध पेयजलकै व्यवस्था गरिएकोमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दुख व्यक्त गरेका छन ।
मैदानको आधाभन्दा बढी क्षेत्र हिलाम्य र अस्पतालका औषधिज्य फोहोर सामाग्री फालिएको छ । व्यवस्थापनका लागि सम्बन्धित निकाय वृहत्तर जनकपुर क्षेत्र विकास परिषद र जनकपुरधाम उपमहानगरपालिका लगायतका निकायले कुनै चासो देखाएको छैन । हुनत प्रदेश सरकारले ५ लाख रुपैया बजेटमा मात्र एउटा पण्डाल खडा गरेको छ ।
सम्बन्धित निकाय वृहत्तर र उपमहानगरपालिका एक अर्कालाई दोषारोपण गरी पन्छिने प्रयास गरेका छन । तिनीहरुले आफ्नो जिम्मेवारी नरहेको भनी एक अर्कामाथि दोष थुपारेर चासो नलिएको प्रतिक्रिया दिइरहेका छन ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यस तर्फ आफूहरुले चासो नलिएको बताएका छन । शहीद गेटको नाममा करोडौ रुपैया खर्च गर्ने उपमहानगरपालिकाले रंगभूमिको जिम्मेवारी आफ्नो नभई वृहत्तरको रहेको भनी पन्छिने प्रयास गरेका छन । उपमहानगरका उपप्रमुख रीता मिश्रले भनिन् ‘रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व हाम्रो रहेपनि यसको रेखदेख मुख्य रुपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको रहेको छ ।’
विवाह पञ्चमी महोत्सवका साथै विभिन्न उत्सव र समारोहका लागि उतिकै महत्वपूर्ण थियो । ठूलठूला कार्यक्रमहरु समेत आयोजना हुँदै आएको थियो भने स्थानीय युवाहरु त्यहाँ पुगेर बिहान बेलुका खेलकुदको अभ्यास पनि गर्ने गर्थे । तर फोहोर, हिलाम्य र विभिन्न स्थानमा खाल्डाखुल्डी भएको कारणले प्रयोग विहिन भएको कुरा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामतले बताए ।

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोहीको गुँडबाट अण्डा संकलन थालियो

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

प्रतिक्रिया