बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

ताजा जनादेश उपयुक्त विकल्प र अवसर : कमल थापा

वीरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्‍नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन् । आइतबार पर्साको वीरगंजमा आयोजित विरोध प्रदर्शन पछि कोणसभालाई सम्वोधन गर्दै थापाले अदालतमा भएको बिषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने बताए । 

सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्‍नु परिरहेको थापाको भनाइ छ । पुष्पकमल दाहाल र केपी शर्मा ओलीको झगडा जनता र देश हितको लागि नभइ भागबन्डा र स्वार्थमा केन्द्रित भएको थापाले बताए । नेकपाभित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । 

व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा थापाले जोड दिए ।  आफू राप्रपालाई सहयोग गर्नुस् भन्‍न आएको भन्दै थापाले भने, 'हामी आफै देश बनाउन सक्छौ, राप्रपा लाई विश्‍वास गर्नुस हिन्दुराष्ट्र दिन्छौ, राजसंस्था दिन्छौ। विकास र समृध्दि दिन्छौ।' 

थापाले  निरंकुश राजतन्त्र खोजेको नभइ राजादेखी नेत्रविक्रम चन्द समूह, काङ्ग्रेस कम्युनिस्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको बताए । कार्यक्रममा नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए ।

कार्यक्रममा विभिन्‍न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । 

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उपराष्ट्रपति यादव

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उप…

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्री भण्डारी

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्…