नवनियुक्त मन्त्रीहरू भन्छन् : हाम्रो मुख्य काम प्रतिनिधि सभा निर्वाचन

काठमाडौँ : शुक्रबार नियुक्त भएका मन्त्रीहरूले सरकारको मुख्य काम प्रतिनिधि सभाको निर्वाचन गर्ने रहेको बताएका छन् । आइतबार आ-आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफु सरकारमा आउनुपरेको बताए । देशको प्रणालीलाई बचाउनको निम्ति आफू मन्त्री बन्नुपरेको बताए । रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानू अनिवार्य आवश्यकता रहेको बताए ।
शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताए । शहरी विकास मन्त्रालयले निर्वाचन केन्द्रीत काम गर्ने उनको भनाइ छ । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने मन्त्री साहले बताए । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाइ छ ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृध्दि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए । उनले स्थिरता र समृध्दिको बाहकको रूपमा स्थायी सरकार बनाउन जरूरी रहेको पनि बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए । मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताए । राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृध्द बनाउन तर्फ सबैले सोच्चुपर्ने पनि मन्त्री ढकालले बताए ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबध्दता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिबध्दता व्यक्त गरे । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने उनको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले समृध्द नेपाल निर्माणका लागि उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने दायित्व मन्त्रालयको भएको बताइन । मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरूको मागलाई सम्बोधन गरी सधैका लागि समस्या समाधान गरिने पनि बताइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् पुर्नगठन गरेका थिए । केही नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया