बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

लिगमा पुलिस अपराजित

काठमाडौँ- दोस्रो हाफमा सुमन लामाले बराबरी गोल गरेपछि नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजनमा बुधबार हिमालयन शेर्पा क्लबबाट अंक खोसेको छ । दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले एक मिनेट नबित्दै खेलमा अग्रता लिएको थियो । हिमालयन शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए । 

गोल खाएको एक घण्टापछि मात्रै पुलिस खेलमा फर्कियो । स्ट्राइकर सुमन लामाले विभागीय टिमका लागि गोल गरे । सुमनको गोलसँगै पुलिसले काठमाडौँमा जारी लिगमा आफ्नो अपराजित लयलाई जारी राख्‍न सफल भयो । 

लिगमा दोस्रो बराबरीसँगै पुलिसको खातामा तीन खेलबाट पाँच अंक भएको छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको पुलिस पाँचाैँ स्थानमा छ । उता हिमालयन शेर्पा भने तीन खेलबाट दुई अंक जोडेर १२ औँ स्थानमा छ ।