भारतीय एकदिवसीय क्रिकेट टिमको कप्तानी पनि रोहितलाई
काठमाडौँ - भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्माले पाएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले टी ट्वान्टीपछि एकदिवसीय टिमको कप्तानी पनि रोहित शर्मालाई दिएको हो ।
दक्षिण अफ्रिका भ्रमणअघि बीसीसीआईले एकदिवसीयमा पनि विराट कोहलीको नेतृत्वलाई निरन्तरता दिन अस्वीकार गर्दै रोहितलाई जिम्मेवारी सुम्पेको हो । यसअघि विराटले टी ट्वान्टी क्रिकेटको कप्तानी छाडेपछि रोहितलाई जिम्मेवारी दिइएको थियो । पछिल्लो समय कोहली टेस्ट क्रिकेटमा केन्द्रित हुने बताएपछि रोहितलाई एक कदम अगाडि नै एकदिवसीय क्रिकेटको कप्तानी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोहलीले अब भारतीय टेस्ट क्रिकेटको कप्तानी मात्रै गर्नेछन् । उनले सीमित ओभरको कप्तानी छाड्नेबारे यसअघि नै बीसीसीआईका पदाधिकारीसँग परामर्श गरिरहेका थिए । सोहीअनुसार कोहलीले टी ट्वान्टी क्रिकेटको कप्तानी छाडेपनि बीसीसीआईले नै एकदिवसीय क्रिकेटको कप्तानी विराटबाट रोहितमा हस्तान्तरण गरेको हो ।
यसलाई आइसीसीले भारतीय क्रिकेट टिमको नयाँ युगका रुपमा टिप्पणी गरेको छ । क्रिकेटका तीन वटै संरचनामा उत्कृष्ट खेलाडी गनिएका कोहलीले आफ्नो नेतृत्वमा भारतलाई उपाधि दिलाउन नसकेपछि उनको कप्तानीमा प्रश्न उठ्दै आएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया