म निर्विकल्प सभापतिको उम्मेदवार हुँ: विमलेन्द्र निधि

काठमाडौँ - नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् ।
शुक्रबारबाट १४औँ महाधिवेशन सुरु हुने भएपछि बिहीबार बस्न लागेको मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ । तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरे ।
बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा महाधिवेशनका विषयमा छलफल हुने आफूले जानकारी पाएको उनले बताए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया