सिटौला समूह छुट्टै प्यानल बनाउँदै

काठमाडौँ - पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ ।
शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा बसेको नेताहरु बताउँछन् । अनामनगरस्थित सिटौलाको सम्पर्क कार्यालयमा बसेको बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भइरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरे पनि सिटौला आफ्नो छुट्टै प्यानल बनाउन अग्रसर भएका हुन् । १३औँ महाधिवेशनमा पनि सिटौला समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया