अन्ततः नेपाली क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउँदै
काठमाडौँ- डेभ ह्वाटमोरले राजीनामा दिएपछि रित्त भएको नेपाली राष्ट्रिय क्रिकेट टिम (पुरुष)को मुख्य प्रशिक्षकको खोजी सुरु भएको थियो । गत कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । त्यसपछि कुल ६० जनाले क्यानमा आवेदन दिएका थिए ।
मुख्य प्रशिक्षक छनौट गर्न बनेको कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लको नेतृत्वमा बनेको समितिले ६० जनामध्येबाट पाँच जनाको अन्तवार्ता लिएको थियो । पाँच जनाको सूचीमा रहेकमध्ये पुबदु दसानायके र मोन्टी देसाईलाई सम्भावित मुख्य प्रशिक्षकका रुपमा हेरिएको छ ।
क्यान स्रोतका अनुसार यी दुईलाई मुख्य प्रशिक्षक बन्न प्रस्ताव पठाइएको छ । मुख्य प्रशिक्षक बनेपछि उनीहरूले पाउने सुविधाका विषयमा जानकारी गराउँदै प्रस्ताव पठाइएको बताइएको छ । पुबदु नेपाली क्रिकेटका लागि पुरानै नाम हो । उनी सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षक थिए । देसाई कुनै समय नेपाली टिमका ब्याटिङ कन्सल्टेन्ट थिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया