बिहीबार थपिए २११ संक्रमित
३ लाख ३७ हजारले लगाए खोप

काठमाडौँ- पछिल्लो २४ घण्टामा २ सय ११ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ४ सय ५१ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ९७ र एन्टीजेन्ट विधिबाट १४ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी ३ सय २९ संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ५ हजार ९ सय जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ४९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ६ हजार १ सय ५ जना छन् । त्यसैगरी आज ३ लाख ३७ हजार १ सय ७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा १ सय २१ र भेन्टीलेटरमा ३० जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ८ सय ३३ , संस्थागत आईसोलेशनमा २ सय ७२ र क्वारेन्टाइनमा ९८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया