अर्थका ‘रिटायर्ड’ शाखा अधिकृतविरुद्ध १ करोड ६४ लाख बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौँ - भ्रष्टाचारजन्य क्रियाकलाप गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका अवकास प्राप्त शाखा अधिकृत उद्ववप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ ।
अख्तियारले लामो समयदेखि सरकारी सुविधाभोगीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध मुद्दा चलाएको थिएन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रियकै दिवसका दिन आज अवकाश प्राप्त अर्थ अधिकृत थपलियाविरुद्ध विशेष अदातलमा मुद्दा दर्ता गरेको हो ।
थपलिया २०४० फागुन गते सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०७५ चैत ३० सम्म सरकारी सेवामा थिए । उनको सेवावधिमा आर्जित सम्पत्ति जाँच गर्दा स्रोत प्रमाणित हुन नसकेको सम्पत्तिलाई भ्रष्टाचारजन्य कर्मबाट आर्जन गरेको दाबी अख्तियारको छ ।
आयोगका अनुसार, थपलियासँग २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ सम्पत्ति भेटिएको थियो । आयोगले १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ सम्पत्ति मात्र वैध भएको ठहर छ । उनीसँग भएको स्रोत खुल्न नसकेको सम्पत्ति भ्रष्टाचारजन्य कर्मबाट आर्जित भएको दाबीसहित जफत माग आयोगको छ ।
उनकी श्रीमती मुना पन्तको नाममा भएको सम्पत्तिको स्रोत खुल्न नसकेको दावीसहित प्रतिवादी बनाउँदै मुद्दा चलाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया