कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचारप्रसार गर्दै उम्मेदवार, हटाउन प्रहरीकाे माइकिङ

काठमाडौँ - नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको पाइएको छ ।
२४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेदवारहरूले आफ्नो फोटोसहितको उम्मेदवारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेदवारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेदवारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् ।
महाधिवेशनको आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको भन्दै प्रहरी प्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको छ ।
महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचारप्रसारको सामग्री तुरुन्त हटाउन माइकिङ गरेको छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया