साझा उम्मेदवार तय गर्न शशांक निवासमा छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बेठक महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा जारी छ । उक्त समूहमा सभापतिको साझा उम्मेदवार सकस भइरहेको छ । रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई सभापतिको साझा उम्मेदवार बनाउन खोजे पनि सहमति जुट्न सकेको छैन ।
अहिलेसम्म पौडेल र शशांक कोइरालाले सहमतिका लागि छोड्न तयार रहेको बताइसकेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंह भने आफ्नो दाबीमा टसमस छैनन् । आज बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डममा बसेको बैठक ले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा.शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो । बिहान बसेको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न पठाएको थियो भने गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न पठाएको थियो ।
त्यसमध्ये केसीसहितको टोलीले प्रकाशमान सिंहले खोलेको सम्पर्क कार्यालयमै गएर वार्ता गरेका थियो । युवा नेताहरूको टोलीले कोइरालासँग केन्द्रीय समिति बैठक सुरु हुनुअघि पार्टी कार्यालयमै वार्ता गरेको थियो ।
दुवै समूहको वार्ताबाट आएका निष्कर्ष बैठकमा पेस भएपछि आकांक्षी नेताद्वयलाई बैठकमा बोलाउने वा आफैँ भेटेर कुरा गर्न भन्ने विषयमा निर्णय हुने छ । नेताहरुलाई सहमतिका लागि निरन्तर दबाब दिइएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया