भारतीय किसानको आन्दोलन स्थगित

काठमाडौँ - भातीय किसानले विगत एक वर्षदेखि सुरु गरेक्वाे आन्दोलन स्थगित गरेका छन् । उनीहरूको एक वर्षभन्दा लामो आन्दोलनको अन्त्यको घोषणा गर्दै, संयुक्त किसान मोर्चाले आज नयाँ दिल्लीको सीमामा विरोध कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो।
किसानले शनिबारदेखि आन्दोलन स्थल खाली गर्ने जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्राहानले आन्दोलनका क्रममा आन्दोलनकारीमाथि दर्ता भएका सबै प्रहरी मुद्दाहरू निःशर्त फिर्ता लिन सरकारबाट प्रस्तावसहितको औपचारिक पत्र प्राप्त भएपछि आन्दोलन फिर्ता लिइने बताए ।
बुधबार सरकारले किसान युनियनलाई प्रस्तावसहितको एक पत्र पठाउँदै आन्दोलन स्थगित गर्न अनुरोध गरेको थियो । उक्त पत्रमा आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीविरुद्ध दर्ता गरेका सबै मुद्दा फिर्ता हुने उल्लेख छ । सरकारी पत्र प्राप्त भएपछि संयुक्त किसान मोर्चाका नेताले बैठक बसेर आन्दोलन स्थगित गर्ने निर्णय गरेको र शनिबारदेखि किसानले प्रदर्शन स्थल खाली गर्ने जनाएका छन् ।
जनवरी १५ मा संयुक्त किसान मोर्चाको बैठक बस्ने र उक्त बैठकमा आन्दोलनको समीक्षा हुने बताइएको छ । किसान मोर्चाले डिसेम्बर ११ गते विजयसहित दिल्लीको सीमाबाट किसानहरू घर फर्किने बताएको छ । भारतमा गत नोभेम्बर २५ गतेदेखि हजारौं किसानले ३ वटा कृषि कानुन फिर्ता लिनुपर्ने पर्ने माग गर्दै आन्दोलन गरेका थिए । किसान आन्दोलन चर्कँदै गएपछि यही नोभेम्बर १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीले ३ वटा कृषि कानुन फिर्ता लिने घोषणा गरेका थिए । हाल तीनवटै कृषि कानुन संसदबाट खारेज गरिएको छ

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया