फुटबलर बिक्रम र विमलको उपचार कतारमा हुने

काठमाडौं : राष्ट्रिय फुटबल टिमका सदस्य बिक्रम लामा र विमल घर्ती मगरको उपचार कतारमा हुने भएको छ । कतारी फुटबल संघको सहयोगमा खुट्टाको चोट बोकेका लामा र कुर्कच्चाको चोट बोकेका मगरको दोहाको एस्पेटार असपतालमा उपचार हुने भएको हो ।
दुई वर्ष अघि थ्रीस्टार क्लबबाट बुढासुब्बा गोल्डकप खेल्ने क्रममा लामाको खुट्टा भाँचिएको थियो । जसका कारण उनी लामो समय मैदान बाहिर रहे । त्यसको आठ महिना पछि पुनरागमन गरे पनि लामाको चोट पूर्णरुपमा ठिक भइसकेको छैन । त्यसकारण, मिडफिल्डर लामालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार पठाउन लागेको हो । उता स्ट्राइकर मगर भने विश्वकप तयारीका लागि बोलाइएको क्याम्पमा अभ्यासका क्रममा घाइते भएका थिए ।
एस्पेटार कतारको दोहास्थित अर्थोपेडिक र स्पोर्ट मेडिसिनका लागि प्रख्यात अस्पताल हो । जहाँ नेयमार देखि एर्लिङ हालान्ड जस्ता विश्व स्तरिय खेलाडीले उपचार गराएका छन् । सन् २००७ मा स्थापित यस अस्पतालमा फुटबलर मात्र होइन बक्सर आमिर खान, धावक मो फराह लगायतका विश्व खेलकुदका स्टार पनि स्वास्थ्य जाँचका लागि आउने गरेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया