प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेकाे छ । सोमबार बिहान बालुवाटारमा गुओ येझाउको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनकाअनुसार भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए । सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो । टोलीले आजै बिहान नेकपाकै अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेको थरेको थियो भने अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया