कास्कीकी नेतृ पाण्डेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ - नेपाली कांग्रेस नेतृ लक्ष्मी पाण्डेले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । महाधिवेशनका लागि उनी कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।
पाण्डे तीन दशकदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छिन् । देशभरीका कांग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव रहेकी पाण्डेले २०७६ चैतमा एउटा सम्मेलन पोखरामा आयोजना गरेकी थिइन् ।
‘महिलालाई नेतृत्व दिएको ठाउँ असफल भएको छैन,’ उनी भन्छिन्,‘त्यसकै दृष्टान्त कास्कीमा मैले कांग्रेसको कोषाध्यक्ष हुँदा जिम्मेवारी निभाएर प्रमाणित गरेकी छु । सबै प्रतिनिधिहरुले मलाई हौसला दिनुभएको छ ।’
पाण्डे नेपाल विद्यार्थी संघबाट राजनीति प्रवेश गरेकी थिइन् । उनी कास्की कांग्रेसको कोषाध्यक्ष हुनुपूर्व नेपाल महिला संघको क्षेत्रीय सभापति, क्षेत्रीय सदस्य थिइन् । त्यसैगरी उनले जिल्ला महिला संघ कास्कीको पनि नेतृत्व सम्हालेकी थिइन् । उनले सबै तहको निर्वाचनमा अर्थ समितिको संयोजक भएर भूमिका भएर निर्वाह गरेकी थिइन् ।
नेविसंघको राजनीतिक आन्दोलनका क्रममा र २०६२/०६३ को जनआन्दोलनमा उनी पटक पटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । पार्टी र समाजमा चलायमान बनाउन ईच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् ।
हालसम्म पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा जिम्मेवारी सहज ढंगले निर्वाह गरेकी छिन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय समितिमा पुर्याएर पुनः जिम्मेवारी सुम्पिनेमा उनी विश्वस्त छिन् । उनी भन्छिन्, ‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्ने छु । महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया