मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

केन्द्रीय सदस्यमा तपाईंको उम्मेद्‌वारी किन ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गर्नेछन् । यसै बिषयमा कांग्रेसका नेता रामहरी खतिवडालाई इकागजले सोधेको छ- केन्द्रीय सदस्यमा तपाईंको उम्मेद्‌वारी किन ?

केन्द्रीय सदस्यमा किन उठ्न लाग्‍नुभयो ?
नेपाली राजनीतिमा नेपाली कांग्रेस एउटा मियो पार्टीका रुपमा स्थापित छ । सत्तामा हुँदा होस् वा सत्ता बाहिर हुँदा होस् । जनता, देश, बाहिरी शक्तिहरूको आँखा नेपाली कांग्रेसमा पर्छ । १४औँ महाधिवेशन हुँदै गर्दा दोस्रो पार्टीका रुपमा हामी अहिले सरकारमा छौँ । अबको निर्वाचनपछि हामी प्रमुख दल बनेर देशको सत्ता हाँक्नु छ । पार्टीमा अब सबैलाई अटाउने बनाउनका केन्द्रीय सदस्यमा बसेर काम गर्न सकिने भएकाले म यसमा उम्मेद्‌वार बनेको हुँ । म किसुनजीको स्कुलिङबाट आएको हुँ । मलाई विश्वास छ, कांग्रेस बुझेका साथीहरूले मलाई साथ दिनुहुनेछ ।

१३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो । अब जित्छु भन्‍ने आधार के-के देख्नुभएको छ ?
राजनीतिमा एकपटक सफलता भएन भनेर खुट्टा छाड्ने होइन । अब्राहम लिंकनलाई हेर्नुहोस् न । अरु किन जानुपर्‍यो । अहिले मलाई सबैको साथ छ । लोकतन्त्र धरापमा पर्दा मैले आवाज उठाएकाले कांग्रेसका सबै साथीहरूले सहयोग गर्नुहुन्छ भन्‍ने विश्वास छ । उहाँहरूको साथ र सहयोग नै मेरो जितको आधार हो । 

वर्तमान नेतृत्वसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ त ?
सबै कांग्रेसको नेतृत्वमा सन्तुष्ट, असन्तुष्ट भन्दा पनि अहिलेसम्मका सबै कमीकमजोरीलाई परिमार्जन गर्नुपर्छ । होइन भने त अहिलेकै नेतृत्वलाई लालछाप लगाइदिए भइहाल्थ्यो नि । 

के-कस्ता परिमार्जन हुनुपर्छ भन्‍ने लाग्छ ?
पुराना र नयाँलाई साथमा लिने, युवा भावना बुझ्‍ने, जनताको भावना बोक्ने खालको नेतृत्व आउनुपर्छ । कहिलेकाहीँ जनताले स्थापित गरेका नेतालाई नेताले नै विस्थापित गरिदिन्छन् र कहिले नेताले स्थापित गरेका नेतालाई जनताले विस्थापित गरिदिन्छन् । यसलाई मिलाएर लैजानुपर्छ । हिजोको गल्तिलाई सच्याएर लैजाने नेतृत्व ल्याउने हो ।

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी