समिर घिमिरेले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

काठमाडौँ- झण्डै ५० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय समिर घिमिरे केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै प्रतिस्पर्धामा होमिएका छन् । कांग्रेस लोकप्रिय नेता सहिद सरोजप्रसाद कोइरालाबाट प्रभावित हुँदै २०२९ मै सदस्यता लिएका घिमिरे खस-आर्य ‘क्लस्टर’बाट उम्मेद्वारी दिने तयारीमा छन् ।
घिमिरे वीपी कोइराला नजिकमा रहेर राजनीतिक गरेका थिए । पञ्चायतकालदेखि नै घिमिरे निरन्तर कांग्रेस संगठन बिस्तारमा सक्रिय छन् । पञ्चायतकालमा प्रजातन्त्र पुन:स्थापनाको लडाइँमा पटक-पटक गरी सात वर्ष जेल जीवन बिताएका घिमिरे धनुषाको राजनीतिमा सक्रिय रहे । अब उनी केन्द्रीय राजनीतिकै इच्छा राख्दै उम्मेद्वारी दिन लागेका हुन् ।
घिमिरे कांग्रेसको आठौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति निर्वाचित हुँदै आएका छन् । कांग्रेसलाई मूल्य-मान्यताकै राजनीतिमा हिडाउँन, लोकतान्त्रिक मान्यता स्थापित गराउन आफ्नो उम्मेद्वारी दिएको घिमिरेको भनाई छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया