‘प्रधानमन्त्री स्वतः कामचलाउ हुन्’

काठमाडौं : संविधानतः ‘कामचलाउ’मा झरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘पूर्णकालीन’ झैं ठान्दै क्रियाकलाप अघि बढाइरहेका छन् । सरकारले आफूलाई ‘कामचलाउ’ रूपमा प्रस्तुत नगरेपछि मूलधारका मिडियाले ‘कामचलाउ’ शब्द प्रयोग गर्ने क्रम सुरु गरेका छन् ।
कान्तिपुर प्रकाशन गृहका दुबै समाचारपत्र 'कान्तिपुर' र 'द काठमाण्डू पोष्ट'ले आफ्नो प्रमुख समाचारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली अघिल्तिर ‘कामचलाउ’ प्रयोग गरेको छ । नेकपा विभाजन मिलाउन नेपाल भित्रिएको चिनियाँ टोलीले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको’ उल्लेख छ ।
उता नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले पनि प्रधानमन्त्रीका हकमा कामचलाउको रूपमा प्रस्तुत गर्ने जानकारी उनी प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्री स्वतः कामचलाउ भइसकेको बताउँछन् । ‘प्रतिनिधिसभा विघटनको अधिकारको संवैधानिकता सर्वोच्च अदालतले निरूपण गर्दैछ,’ लुइँटेल भन्छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गर्नुअघि नै राजीनामा दिनुपर्थ्यो । हाम्रो संविधानले प्रतिनिधिसभा सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री हुन अनुमति दिँदैन । यो अर्को चुनाव नभएसम्म कामचलाउ जिम्मेवारी मात्र हुन् ।’
प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख नै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेपछि उनको मन्त्रिमण्डलका सात सदस्यहरूले असंवैधानिक कदमको विरोध गर्दै राजीनामा दिए । त्यसको केही दिनपछि ओलीले पूर्णकालीन (फुल फ्लेज्ड) झै रिक्त पदमा मन्त्रीहरू नियुक्त गरे, संविधानको धारासमेत उल्लेख नगरिकन । त्यसभन्दा अघि ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटनपछि पनि पूर्णकालीन प्रधानमन्त्री रहेको अभिव्यक्ति दिएपछि यो विषय विवादित बनेको छ ।
प्रतिनिधिसभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । संसद् विघटन भइसकेपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्य होइनन् । उनी केवल उनैद्वारा घोषित चुनावी सरकारको कामचलाउ सरकारका प्रधानमन्त्री हुन् । उनको काम दैनिकी प्रशासन चलाउने र निर्वाचन गराउने मात्रै हो । उनलाई ठूला खाले नीतिगत निर्णय लिने कुनै पनि अधिकार छैन ।
प्रधानमन्त्री ओली वा उनको समूहले दलील गरेजस्तो प्रतिनिधिसभा विघटनपछि उनी कामचलाउ मात्र रहने बताउँछन्, पूर्वसभामुख दमननाथ ढुंगाना ।‘संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन । फेरि प्रतिनिधिसभा नै विघटन गरिसकेपछि प्रधानमन्त्री पनि प्रतिनिधिसभा सदस्य रहेनन् ।
प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै पाउँदैन । यद्यपि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने वा नपाउने भन्ने विषय अहिले सर्वोच्च अदालतबाट निरूपण हुँदैछ,’ ढुंगाना भन्छन्, ‘तर प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन सिफारिस गर्नु नै थियो भने पनि उनले पहिला आफूले राजीनामा घोषणा गरेरमात्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने हो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रपतिले निर्वाचन गराउन बहालवाला प्रधानमन्त्रीलाई कामचलाउ सरकारको रूपमा राख्ने हो । अहिले त केही पनि संविधानअनुसार भएको देख्दिनँ ।’ वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हैसियतमा रहेको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया