भारतमा थपिए आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

भारत- भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल रहेका सक्रिय सङ्क्रमति कूल सङ्क्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ६२४ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार ७३५ पुगेको छ ।
गएको २४ घण्टामा भारतमा सात हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया