कांग्रेस महाधिवेशनस्थलमा पुगे देउवा र पाैडेल
काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु हुनै लागेको छ । दिउँसो १ बजेका लागि भनिएको उद्घाटन कार्यक्रम अझै सुरु हुन सकेको छैन् ।
उद्घाटनस्थलमा कांग्रेसका शीर्ष नेताहरु आउने क्रम जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशनस्थल आइपुगेका छन् । यसैगरी महामन्त्रीद्वय पूर्ण बहादुर खड्का र शशांक कोइराला, सह-महामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेताहरु महाधिवेशनस्थल पुगिसकेका छन् ।
अन्य दलका महन्थ ठाकुर, उपेन्द्र यादव महाधिवेशन स्थल पुगेका छन् । वरिष्ठ नेता पौडेलले महाधिवेशनमा उपस्थित नहुने भन्दै विज्ञप्ति जारी गर्ने बताएका थिए । तर नेताहरुले सम्झाएपछि विज्ञप्ति जारी भने उनले गरेनन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया