‘लाखे’ मा भित्रिइन् वर्षा राउत

काठमाडौंँ - अभिनेत्री वर्षा राउत फिल्म ‘लाखे’ मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीबार वर्षासँग फिल्म अभिनयको सम्झौता गरेका हुन् ।
‘लाखे’ फिल्मको कथा मनपरेको कारण फिल्मसँग आफु जोडिएको वर्षाले बताइन् । ‘कथावस्तुमात्र होइन फिल्मको युनिट पनि एकदमै राम्रो छ’ वर्षाले भनिन् ‘लाखे’ मा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’वर्षासँगै फिल्मको युनिट पूरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको फिल्ममा वर्षा कस्को जोडीको रुपमा देखिने हुन् त्यो भने निर्माण युनिटले अहिले गोप्य राखेको छ ।
फिल्ममा सौगात, अनुपविक्रम, आर्यन, अर्पण, सुशील, विजय को अलवा सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्मको छायांकन आगामी पुसको दोस्रो साताबाट सुरु गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया