माधव नेपालले ओलीलाई संकेत गर्दै ‘प्रतिगमनको बाहक’ भनेपछि...

काठमाडौँ– नेकपा एमालेबाट निस्केर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपालले लामो समयपछि एउटै मञ्चमा केपी शर्मा ओलीलाई भेटेपछि उनीमाथि व्यंग्यवाण प्रहार गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीलाई संकेत गर्दै प्रतिगमनका बाहक सल्बलाएको भन्दै ओलीलाई व्यंग्य गरे ।
उनले १६ वर्षअघिको नेपाली कांग्रेस र हालका सभापति शेरबहादुर देउवाले गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिक दुवै पार्टीको महाधिवेशनमा भाग लिएको र त्यतिबेला राजाको सत्ताकांक्षाले दिक्क भएका दलहरूले आफ्नो विधानबाट संवैधानिक राजतन्त्रलाई हटाएर फालेको तथा आन्दोलनमा सँगसँगै सडकमा आएको सम्झिए ।
नेपालले मुलुक परिवर्तबाट निकै अघि बढीसकेको भन्दै अब पछाडि फर्कने वा राजतन्त्र पुनस्थापना गर्ने कुनै गुञ्जायस नभएको बताए । उनले राजालाई राजनीति गर्न मन भए पार्टी खोल्न सल्लाह दिए ।
उनले ओलीलाई संकेत गर्दै भने, ‘हामी धेरै गफ गर्छौं । काम गर्दैनौं । मुलुकमा भ्रष्टाचार बढेको छ ।’
उनले गफ भन्दा काम गर्नुपर्ने भन्दै मुलुकमा अहिले देखिएको संकटका सम्बन्धमा नेपाली कांग्रेसको महाधिवेशनमा छलफल गरी निष्कर्ष निकाल्न पनि सुझाव दिए ।

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

प्रतिक्रिया