लिङ्देनलाई जवाफ दिँदै दाहालले भने- दलहरुलाई बदनाम गराएर निरकुंशता निम्त्याउन खोजिदैंछ
काठमाडौँ- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दल र तिनका नेताहरुलाई बदनाम गराएर निरकुंशता निम्त्याउन खोजेको बताएका छन् ।
काठमाडौँमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बदनाम गराउन खोजेको बताए ।
‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बदनाम गराएर निरकुंश ता निम्त्याउन खोजिन्छ ।’
आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दलले भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए ।
सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका दाहालले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए ।
शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया